वीरगञ्ज (पर्सा) । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले तराई-धेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन् । परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई–मधेसको छठ पर्व सहभागी हुने रहर पहिलादेखि भए पनि यसपाली पूरा भयो भने । “तराई-मधेसको छठ पर्व हेर्ने पहिलादेखि नै…