फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थाबाट बिजुली आपूर्ति गरिने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ-तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका-८ मान्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थाबाट आपूर्ति गर्ने भएको छ । विद्युत् अभावमा फास्ट ट्र्याक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको छ ।…