काठमाडौँ - नेकपा माओवादी केन्द्रले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा जोडिएका विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारी नरहेको र पार्टीको कुनै पनि गतिविधिमा संलग्न नरहेको जनाएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले केही सञ्चारमाध्यममा प्रकाशित उक्त प्रकरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडेर भइरहेको गलत प्रचारप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । यस…