मालढुंगा-बेनी सडक: स्तरोन्नतिपछि यात्रा अवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्रा अवधि छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक योजनामार्फत मालढुंगा-बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । करिव १३ किलोमिटर दुरीको सडकमध्ये करिब…