सुरुङ उद्धारमा के प्रगति भयो ?

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बुधबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेना, विदेशी प्राविधिक तथा आयोजनाका कर्मचारीसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ । रसुवागढी हाइड्रोपावरको सुरुङमा उद्धार टोली करिब १५० मिटरभित्र…