नेपाली टोलीमा दुई परिवर्तन, करण र भीम ‘आउट’, देव र सागर ‘इन’

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलअघि नेपाली टोलीमा दुई परिवर्तन भएको छ । चोटका कारण पेसर करण केसी र ब्याटर भीम सार्की टिमबाट बाहिरिएका छन् भने उनीहरूको स्थानमा देव खनाल र सागर ढकाल टिममा समावेश गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । करण अमेरिका विरुद्धको खेलमा बलिङका क्रममा…