जलेश्वर (महोत्तरी)- मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप हुन थालेको जलेश्वर नगरपालिका–१ का किसान विजय मुखियाले बताए । किसानहरूले आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोप हुन थालेको उनको भनाइ छ । जिल्लामा चाडबाड, पूजाआजा, विवाह व्रतबन्धजस्ता शुभकार्य होस् या…