सरकारद्वारा स्थायी आवास निर्माणका लागि भौगर्भिक अध्ययन प्रारम्भ

काठमाडौँ । सरकारले बाढी र पहिरो प्रभावित क्षेत्रका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन सुरु गरेको छ। शुक्रबार सिँहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा गृह सचिव गोकर्णमणि दुवाडीले बाढी तथा पहिरोबाट अत्यधिक प्रभावित पालिकाहरूमा यो अध्ययन अगाडि बढाइएको जानकारी दिए। गृह सचिव दुवाडीका अनुसार बाढी र पहिरोजस्ता प्रकोपबाट…