स्वास्थ्य मन्त्रालयले देशभरका महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ५० हजार जना महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो । फागुन महिनाभर देशैभर एकैसाथ महिलाहरूमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखाले जानकारी दिएको छ…