सामान्य प्रशासन मन्त्री मन्त्री गुप्ताद्वारा २५ बुँदे कामको फेहरिस्त सार्वजनिक

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जिम्मेवारी सम्हालेको १ सय दिनमा भए गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २५ बुँदे कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । मन्त्री गुप्ताले पहिलो उपलब्धिमा संघीय निजामती विधेयक संसदमा प्रस्तुत भई राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु भएको विषय…