महेन्द्रनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले आज दिउँसो कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरेका छन् । धनगढीमा मङ्गलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि यहाँ आएका गृहमन्त्री अर्यालसहितको टोलीले दोधारा चाँदनी नगरपालिकामा निर्माण थालिएको सुक्खा बन्दरगाह अनुगमन गरेको गृहमन्त्रीको निजी सचिव परशुराम पोखरेलले जानकारी दिए । “प्रदेश सुरक्षा गोष्ठीका लागि यहाँ आएका बेला सीमा…