सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि असोज ११ गते सुनको मूल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो…