काठमाडौँ– धेरै नेपालीले धूमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगिता सम्पन्न गरेको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा सम्पन्न खगोल र खगोल भौतिक विज्ञानसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडमा १९ देशका २१ समूहको सहभागिता थियो। युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले गर्ने अवसर पाएको हो। ओलम्पियाडका…