नेपाल लाओससँग २-१ ले पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । न्यू लाओस नेशनल स्टेडियममा मंगलबार साँझ सम्पन्न एएफसी एसियन कप २०२७ छनोट अन्तर्गतको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो । लाओसको जितमा दामोथ थोंगखामसाभाथ र पीटर पान्थाभोंगले एक एक गोल गरेका थिए । नेपालका लागि एक गोल मनिष डागीले पेनाल्टी मार्फत गरेका…