काभा यु-२० पुरुष भलिबलको उपविजेता नेपाली टोली स्वदेश फर्कियो

काठमाडौँ। श्रीलंकाको कोलोम्बोमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल भलिबल संघका पदाधिकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै टीका  र जमरा लगाइ दिएका थिए ।  यस्तै संघका पदाधिकारीले खेलाडीहरूलाई दशैँको टीका समेत लगाइदिए…