काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा हार व्यहोर्नुको ५ कारण देखाएको छ । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेका २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि भएको छलफलबाट चुनाव हार्नुका पाँच कारण औँल्याएको हो । उक्त कारण व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य भएको बैठकले ठहर गरेको…