काठमाडौं, साउन ३। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको खुलासा गरेका छन्। शुक्रबार बसेको पोलिटब्युरो बैठकमा बोल्दै ओलीले पूर्वराष्ट्रपतिले कसैको उक्साहटमा सक्रिय राजनीतिमा फर्किनु नहुने बताए। उनले पार्टीविरुद्ध बाहिर र भित्रबाट संगठित आक्रमण भइरहेको दाबी गरे। “पार्टीभित्रको अराजकता रोक्नुपर्छ, नभए पार्टीले रोक्छ,” ओलीले भने। उनले…