विराटनगर । नेपाली काँग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने बताएका छन्। विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यसका लागि सरकारले सुरक्षाको वातावरण, विभिन्न जेलबाट फरार भएका कैदी पक्राउ र लुटिएका हातहतियार बरामद गर्नुपर्नेमा जोड दिए। उनले आफू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको…