ओलीको दाबी : ‘म बिनाको एमाले बनाउने सपना ध्वस्त भयो’

काठमाडौँ । नेकपा एमाले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले बनाउने चाहना ध्वस्त भएको बताएका छन् । पार्टीका प्रतिनिधिले एघारौँ महाधिवेशनबाट पुनः अध्यक्षमा आफूलाई तेस्रो कार्यकालमा निर्वाचित गरेसँगै ओली बिनाको एमाले बनाउने चाहना ध्वस्त भएको बताएका हुन् । आफूलाई पार्टीको नेतृत्वबाट हटाउन भइरहेको षड्यन्त्रविरुद्ध अध्यक्षमा विजयी गराएर पार्टी प्रतिनिधिले जवाफ दिएको उनको तर्क…