बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

काठमाडौँ- नेकपा एमालेले निलम्बनमा परेका दुई सदस्यहरू डा. बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।