गगन थापाद्वारा कार्यसम्पादन बैठकमा नियमित महाधिवेशनको कार्यतालिका पेश

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा मंसिरभित्र १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेश गरेका छन् । महामन्त्री थापाले नियमित महाधिवेशनका लागि दुई विकल्प सहित कार्यतालिका पेश गरेका हुन् । गत बुधबारदेखि सुरु भएर विहीबारसम्म निरन्तर बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले यही मंसिरको २७ देखि २९ सम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तावका…