वैशाख २२ गते सामुहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले वैशाख २२ गते सामुहिक गिरफ्तारी दिने घोषणा गरेका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यो घोषणा गरेका हुन् । उनले वैशाख २१ गतेसम्म संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटाउन, पक्राउ परेका नेताहरू रिहाइ गर्न सरकारसँग माग गरेका छन् । यदि माग पूरा नभए…