काठमाडौ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू आन्दोलनको अग्रमोर्चामा हुने बताएका छन्। राप्रपासहितका दल सम्बद्ध राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ। सोही आन्दोलनका क्रममा आफू अग्रमोर्चामा रहने उद्घोष लिङ्देनले गरेका हुन्। 'आन्दोलनको अग्रमोर्चामा राजेन्द्र लिङ्देन हुनेछ, कोही विचलित हुनुपर्दैन,' आइतबार (आज) गोकर्णेश्वरमा आयोजित ए कार्यक्रममा…