काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लागेपछि विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै संसद् अवरोधलाई निरन्तरता दिएका छन्। नेकपा माओवादी केन्द्रको आह्वानमा नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी थिए। नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष…