बागलुङ । सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता–कार्यकर्ता पाउन मुस्किल भएको बताएका छन् । बागलुङका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३ औं दिनको श्रद्धाञ्जली सभामा आएका देउवाले कँडेलको जस्तो त्याग र निष्ठा अब नपाइने बताए । कँडेलले राजनीतिमा लागेर कहिल्यै पनि केही नमागेको बताएका…