बारा । निजगढ नगरपालिकाको सिमानाभित्र पर्ने भए पनि हाल हेटौँडा उपमहानगरपालिकामा रहेका दुइटा बस्तीलाई निजगढमा सामेल गराउनुपर्ने माग उठ्न थालेको छ । बारा जिल्लाको सीमाभित्र पर्ने हेटौँडा उपमहानगरपालिकाको आकाशधारा र पानीसरा बस्तीलाई निजगढ नगरपालिकामा कायम गरिनुपर्ने निजगढका लेखापढी व्यवसायी बद्री बडालले माग गरेका छन् । साविक मकवानपुर जिल्लाको हटिया गाउँ पञ्चायत-८ को उक्त बस्तीलाई नेपाल…