शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छिन् । शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताएकी हुन् । उनले भनिन्, “हालै सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले शैक्षिक संस्थामा बन्द, हडताल गर्न नपाइने…