गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए । उनका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गरे…