भ्रष्टाचार गर्न पैसा हुने, शिक्षकहरूको माग पूरा गर्न नहुने भन्ने कुरै हुँदैन : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकहरूको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । २७ दिनदेखि काठमाडौँमा आन्दोलनरत शिक्षक आन्दोलनको समर्थन जनाउन पुगेका खनालले सरकारले शिक्षकहरूको माग सम्बोधन नगरे ठूलो जनआन्दोलन सिर्जना हुने चेतावनी दिए । उनले भने, ‘शिक्षकहरूको आन्दोलनको मागलाई नसुनी जसरी तानाशाही दमनचक्रमा उत्रिन खोजिरहेको छ सरकार, यसको हामी भर्त्सना गर्छौँ, विरोध…