काठमाडौँ- सत्ता गठबन्धनको बैठकले आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको निष्कर्ष निकालेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले आज दिन भरीमा सरकार र शिक्षकहरूबिच सहमति हुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले आज सहमति भएर भोलिदेखि सहज ढंगले पठनपाठन हुने विश्वास व्यक्त गरे। उनले भने, ‘सरकारले उहाँहरूको मागलाई खेलाँची गरेको छैन। उहाँलाई सुरुदेखि नै वार्तामा बोलाएको…