झापा- नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको आन्तरिक एकतामा प्रभाव पार्ने र विग्रह ल्याउने प्रयासहरु भइरहेका भए पनि नेपालको कम्युनिष्ट आन्दोलनले केपी शर्मा ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको दावी गरेका छन्। राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को इन्चार्ज समेत रहेका नेता रिजालले केपी ओलीको विकल्प खोज्ने बेला नभएको बताउँदै…