काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै ठूलो आन्दोलन हुने बताएका छन् । बिहीबार १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आन्दोलनका लागि तयार रहन आग्रह गरे । ‘मजदुर साथीहरू, तपाईहरू राम्रो तयारीमा जानुस्, हामी छिट्टै हामी ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ’, उनले भने…