राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन : शंकर पोखरेल

देउखुरी (दाङ)- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताएका छन् । कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले पूर्वराजाका समर्थकहरूले गर्ने भनेको आन्दोलन जनताका विरुद्ध हुने बताए । युवाहरूले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उनको तर्क छ । “देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ ।…