काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन्। राष्ट्रपति पौडेल अजरबैजानको बाकु सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतले विमानस्थलमा स्वागत…