पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता भएको बताएका छन् । कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा निषेधाज्ञा जारी गरेपछि उपसभापति अर्यालले यस्तो बताएका हुन् । आफूहरूले गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई रोक्न सरकारले कायरता प्रदर्शन गरेको उपसभापति अर्यालको भनाई छ । कास्कीका प्रमुख जिल्ला अधिकारीले महानगर क्षेत्रमा प्रतिकुल अवस्था…