प्रधानमन्त्री ओलीसँग कमल थापाले गरे भेट

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार बिहान भएको दुई नेता बीचको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ । भेटमा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएको थापाको सचिवालयले जनाएको छ । भेटमा थापाले २०८७ मा संविधान…