प्रधानमन्त्री ओली चैत १९ गते बैंकक जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते बैंकक जाने भएका छन् । विमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको टोली थाइल्याण्डको राजधानी बैंकक जाने भएका हुन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वीकृत गरेको स्रोतले जानकारी दिएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण टोली एक सय सदस्यीय हुनेछ…