काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सबै जाति समुदायका मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएका छन् । ‘तमु ल्होसार’ पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबै नागरिकका अधिकार संरक्षण गरी सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माण गर्नुपर्ने बताए ।…