काठमाडाैँ । नेपाली कांग्रेसमा सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै २२ जना केन्द्रीय सदस्यले नेतृत्वलाई हस्ताक्षर संकलन गरी बुझाएका छन् । महासमिति बैठकको पूर्वसन्ध्यामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई उनीहरूले हस्ताक्षर संकलन गरी बुझाएका हुन् । शंकर भण्डारीको नेतृत्वमा सदस्यहरूले बुझाएको पूरक प्रस्तावमा बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको…