एमाले महाधिवेशन : ओली पक्षको वर्चस्व, पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। नतिजाअनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने अधिकांश पदाधिकारी पदमा पनि ओली पक्षकै उम्मेदवारहरूले सफलता हात पारेका छन्। कुल १९ पदाधिकारीमध्ये दुई जनाबाहेक सबै पदमा ओली पक्षका उम्मेदवार निर्वाचित भएका छन्। ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका गोकर्ण विष्ट उपाध्यक्षमा र योगेश भट्टराई…