रास्वपाको राजनीतिक कार्यदिशा : आधा समाजवाद, आधा उदारवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुख्य कमजोरीका रूपमा औंल्याउने गरिएको विषय हो— यस पार्टीको कुनै सिद्धान्त छैन । चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनबाट सभापति रवि लामिछानेले यो आरोपलाई चिर्ने प्रयास गरेका छन् । महाधिवेशनमा लामिछानेद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, आर्थिक र सामाजिक नीति र मान्यताहरू उल्लेख गरेका छन् । लामिछानेले प्रस्तुत गरेको…