काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नियमावलीलाई सुपर–कानुन बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ: संसद् कानुन बनाउने संस्था हो कि कानुनभन्दा माथि रहेको संस्था हो ?' उनी थप लेख्छन्– 'प्रस्तावित नियमावलीमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए…