पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेला बसेको हो। भेलापछि नेता कुन्दनराज काफ्लेले सर्वोच्च अदालतको निर्णयपछि पार्टी अब कसरी अगाडि बढ्ने भन्ने…