काठमाडौँ। नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ ।च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । ‘विष्णु रिमाल धेरै राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो,’ ओलीको प्रस्ताव थियो,…