सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधिबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधिहरू गरिरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले सोमबार सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले दुईतिहाइको सरकारले अध्यादेशबाट मुलुक चलाउनु खोज्नु र सुकुम्बासीहरूलाई अपराधी जस्तै लखेट्नु अलोकतान्त्रिक क्रियाकलाप भएको बताए । नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतीलाई मान्ने पार्टी भएकाले…