काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित पारित गरेको छ । विधेयकमा क्रमशः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र चौथो नम्बरमा प्रधानन्यायाधीशको मर्यादाक्रम राखिएको छ । यसअघि १०औँ स्थानमा रहेको काठमाडौँ महानगरपालिकाका मेयरको मर्यादाक्रम घटेर १७औँ स्थानमा झरेको छ भने १५ औँ स्थानमा रहेको नगरपालिकाका मेयरको मर्यादाक्रम पनि घटेर १८औँ स्थानमा पुगेको छ ।…