दोषि ठहर भएकालाई कैद मिनाह गरिएकोमा महामन्त्री थापाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गम्भीर अपराधमा दोषि ठहर भएकालाई कैद माफि मिनाह गरिएको विषयमा आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले संविधानविपरीत कानुनको छिद्रबाट बदनियतका साथ छिरेर सो निर्णय गरिएको भन्दै विरोध गरेका हुन्। ‘संविधान दिवसको दिन ६७० जनालाई माफी मिनाहा गरिएको छ। तीमध्ये कति संविधान सम्मत, कानुन सम्मत…