काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति र स्वरूपलाई लिएर जारी विवाद समाधान गर्न सभापति शेरबहादुर देउवा लगातार छलफलमा जुटेका छन्। आज पनि उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा आफूनिकट नेता कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसहित शीर्ष नेताहरूसँग लामो छलफल गरेका छन्। हिजोको छलफल निष्कर्षविहीन बनेपछि देउवाले आज सिटौला…