काठमाडौ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। समाचार संस्था एशियन न्यूज इन्टरनेशनलका अनुसार उच्चस्तरीय सो भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो। भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी थिए। रवि–जयशंकर भेटमा भारतीय विदेश सचिव विक्रम मिश्री पनि सँगै थिए।…