सिंहदरबारमा नयाँ संसद चैत १ सम्म हस्तान्तरण

काठमाडौं । संघीय संसद् सचिवालयले निर्माणाधीन नयाँ संसद् भवनलाई चाँडै सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, गत सोमबार मुख्यसचिव सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायत उच्च अधिकारीहरूले सिंहदरबारस्थित नयाँ भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैतको पहिलो सातासम्म बैठक हल उपलब्ध…